Sagun Khabar
दार्चुलामा ४८ हजार घरपालुवा पशुपन्छीलाई खोप लगाइयो 
फाइल फोटो
Atrya hospital

दार्चुला –दार्चुलामा एक वर्षको अवधिमा ४८ हजार पशुपन्छीलाई खोप दिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले एक वर्षको अवधिमा ४८ हजार घरपालुवा पशुलाई खोरेत र पन्छीमा रानीखेत संक्रमण रोक्न खोप लगाएको हो । 

जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकाका बस्तीहरूमा गएर पशु र पन्छीहरूलाई विभिन्न किसिमको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खड्काले बताए । 

स्थानीय तहमा गएर गाइभैंसीलाई खोरेत रोग विरुद्धको खोप, बाख्राहरुलाई पीपीआर खोप र कुखुराहरुलाई रानीखेत लगाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update