कैलाली –सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना एक जना राज्यमन्त्रीलाई पदबाट हटाएका छन् । भट्टले भौतिक पुर्वाधार विकास राज्यमन्त्री रहेका कुलवीर चौधरीलाई मन्त्री पदबाट हटाएका हुन् ।
चौधरीले पदको दुरूपयोग गरेको र गैरजिम्मेवार आचारण देखाएको भन्दै बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय जनाएको छ । प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए । उनी बुधबार एकीकृत समाजवादी पार्टी त्याग गरी पुनः एमालेमा फर्कन लागेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १४:२४
प्रतिक्रिया दिनुहोस्