Sagun Khabar
लुम्बिनीमा भएको राष्ट्रिय सभा उपचुनावमा कांग्रेस उम्मेदवार पाण्डेय विजयी
Atrya hospital

बैतडी – लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्  ।

विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याए भने चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याए । कुल तीन सय मतदाता रहेकोमा तीन मत खसेको थिएन ।  

दाङको घोराहीमा मुख्य निर्वाचन अधिकृतले पाण्डेय विजयी भएको घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए । 
माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव भएको हो । चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update