Sagun Khabar
दार्चुलाको खलंगा –तिकंर सडक द्रुत  गतिमा निर्माण हुँदै 

दार्चुला – दार्चुलाको खलङ्गा–तिङ्कर सडकको जिम्मा पाएको नेपाली सेनाले निर्माण कार्यमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ । 

आर्थिक वर्ष २०७८÷७९ मा व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको आठ दशमलव चार किलोमिटर सडक सेनाले निर्माण गरिसकेको छ । उक्त क्षेत्रमा चार मिटर चौडाइको तीन किलोमिटर सडक र चारदेखि छ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण गर्ने सेनाको वार्षिक लक्ष्य रहेको आयोजना प्रमुख तथा प्रमुख सेनानी हरिबहादुर बोहराले बताए ।

Atrya hospital

उनका अनुसार ट्रयाक खोलिसकेपछि असोजपछि राप्लाको दुम्लिङसम्म गाडी पुग्ने सम्भावना रहेको छ । तीन मिटर चौडाइ रहेको क्षेत्रमा सडकलाई अझ बढी  चौडा बनाइने आयोजना प्रमुख बोहराले बताए । गत आवदेखि मात्रै सेनाद्वारा सडक निर्माणको कार्य सुरु गरिएको थियो ।

गतवर्ष सेनाले सात किलोमिटर लामो सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । नेपाल सरकारले २०७७ वैशाख १४ गते तिंकर सडक निर्माणको जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । उक्त सडक निर्माणका लागि विसं २०७७ असारमा नेपाली सेनाको विकास निर्माण कार्यदल दार्चुला पुगेको थियो। विसं २०७७ मा सेनाले सडक निर्माणको प्राविधिक तयारी, सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना तथा सडक निर्माणको व्यवस्थापकीय काम गरेको थियो । सेनाले लक्ष्य भन्दा बढी काम गरेको बोहराले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update