Sagun Khabar
एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गएको वर्षकै विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रालयको बैठकले गएको वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव पठाउने निर्णय गरेको हो ।

गएको वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।

Atrya hospital

मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेअनुसार विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाइमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकाले मन्त्रालयले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । अब मन्त्रिपरिषद् बैठकले पारित गरे पनि मूल्याङ्कन प्रक्रिया सुरु हुने छ । 
–उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update