Sagun Khabar
सुदूरपश्चिममा सोमबार ९१८ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार ९१८ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ९१८ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । कैलालीका २, कञ्चनपुर,बैतडी र बाजुराका एक÷एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २९५ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५६२ जनाको नमूना परीक्षण गर्दा थप २९५ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update