काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङ्देनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रूपमा संसदमा उपस्थित नहुने घोषणा गरेका हुन् ।
उनले आफूले पाउने तलब, भत्ता तथा सुविधाको समेत रोक्का गर्न संसद् सचिवालयलाई आग्रह गरे । उनले संसद्को आयु मङ्सिर ४ गतेको चुनावपछि पनि कायम राख्ने गरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिए ।
सांसद् लिङ्देनले आउँदो चुनावपछि एक्लो सांसदको रूपमा मात्र नभए बलियो पार्टीको रूपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने सङ्कल्पका साथ नागरिकमाझ जाने बताए ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १५:५५
प्रतिक्रिया दिनुहोस्