धनगढी- कञ्चनपुरमा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका छन्। गत भदौ १६ गते महाकाली नदीमा पूजा गर्दा दलित समुदायलाई विभेद गर्ने पुजारी पक्राउ परेका हुन्। भिमदत्त नगरपालिका १० का सहदेव भट्टले महाकाली नदीको भुजेला घाटमा ऋषि पञ्चमीका दिन दलित समुदायका ब्रतालु महिलाहरुलाई जातकै आधारमा विभेद गरेका थिए।
ब्रतालु महिलाले पुजापाठका लागि आग्रह गर्ने पुजारीले गोत्र सोध्दा थर खुलेपछि उनी पुजापाठ नगर्ने भन्दै पन्छिएका थिए।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९ १२:१७
प्रतिक्रिया दिनुहोस्