धनगढी- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट क्रिकेट टोली छनोट भएको छ। धनगढीस्थित फाप्ला खेलमैदानमा सकिएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो।
टोलीमा खडक बोहरा, नारायण जोशी, हेमन्त धामी, शेर मल्ल, बसन्त कार्की, मिलन बोहरा, युवराज खत्री, लोकेन्द्र चन्द, भोजराज भट्ट, बसन्त खत्री, दिपक रोकाया, नरेन साउद र दिलबहादुर बोहरा छनोट भएका छन्।
यसैगरी टिम प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द र टिम व्यवस्थापकमा जगदिश पनेरु रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भए पनि पुरुष क्रिकेट भने यही भदौ २२ गतेदेखि काठमाडौँ गर्ने निर्णय भएको छ। नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टि ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९ १६:२४