Sagun Khabar
केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप

काठमाडौं - नेपालले केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ ।तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्वीप गरेको हो । नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

 

 

Atrya hospital

 

नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा बसिर अहमदले अर्धशतकीय पारी खेलेका थिए ।साउद ५८ तथा शेख ५६ रनमा आउट भए भने अहमद ५२ रनमा नट आउट रहे । नट आउट रहेका अर्का ब्याट्सम्यान रोहितकुमार पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ ।

 

 

 

केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update