Sagun Khabar
सुदूरपश्चिममा हावाहुरीसंगै बर्षा 
तस्बिर :दीपक महरा

बैतडी –बैतडी सहित सुदूरपश्चिममा आज बिहानैदेखि हावाहुरी सहित पानी परिरहेको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि–मनसुनको गतिविधिका कारण पानी परेको मौसमविद्ले बताएका छन् । 

मंगलबार दिनभरी मौसम बदली रहने बताइएको छ । सुदूरपश्चिमका तराईका जिल्लामा भने हावाहुरी सहित बर्षा भईरहेको छ । 

Atrya hospital

पहाडी क्षेत्रमा हावाहुरी र चट्याङ सहित बर्षा भईरहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । 

बर्षा भएपछि किसानहरु भने खुसी भएका छन् । सिंचाई सुविधा नभएका ठाउँमा बर्षाले बालीनाली सप्रिन सहयोग गर्ने किसानहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update