डोटी –नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले डोटीमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । बुधबार शिखर नगरपालिकास्थित एक कार्यक्रममा उनले डोटेली नेता कार्यकर्ताले गठबन्धन नचाहेको बताएका हुन् ।
नेता तथा कार्यकर्ताहरुको आवाज डोटीमा गठबन्धन आवश्यक नरहेको भन्नेमा केन्द्रित रहेको उनले बताए । यो बिषयमा केन्द्रिय सभापति शेरबहादुर देउवाको आफूले ध्यानाकर्षण गराउनेमा उनले जोड दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १४:४८
प्रतिक्रिया दिनुहोस्