Sagun Khabar
बैतडीको शिवनाथ गाउँपालिकाले हप्ताको दुई दिन कोरोना परीक्षण गर्ने 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा प्रत्येक हप्ताको दुई दिन कोरोना परीक्षण गरिने भएको छ । प्रत्येक हप्ताको सोमबार र शुक्रबार एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिने अस्पतालका डाक्टर पवित्रा राईले बताइन् । 

अस्थायी कोरोना अस्पतालमा ती दुई दिन बिहान १० बजेदेखि १२ बजे सम्म एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिने उनले बताइन् । 

Atrya hospital

कोरोना भाईरस संक्रमण व्यवस्थापन, रोकथाम र न्यूनीकरणका लागि पालिकाले कोरोना परीक्षणको दायरा बढाएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने ‘हामीले अस्थायी कोरोना अस्पतालमा डाक्टरको व्यवस्था गरेका छौं । स्थानीयस्तरमै कोरोना परीक्षणका लागि एन्टीजेन कीटको पनि व्यवस्था गरेका छौं ।’

कोरोनाका बिरामीहरुको उपचारमा सहज होस भनेर गाउँपालिकाले केही दिन अघि मात्रै अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको थियो । ५ बेडको सो अस्पातलमा कोरोना भाईरसका बिरामीहरुको उपचार गरिँदै आएको छ । 

एमबीबीएस डाक्टर सहित अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाबासीलाई केही सहज भएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update