Sagun Khabar
महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने/नगर्नेबारे जसपाभित्र पहिलेदेखि नै विवाद बढ्दै आएको थियो ।

Atrya hospital

पछिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई ठाकुर पक्षले समर्थन गरेको छ भने यादव पक्ष कांग्रेस–माओवादीको विपक्षी गठबन्धनमा छ ।  

-उज्यालो अनलाईनबाट 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update