Sagun Khabar
दार्चुलामा बाढीः पीडितलाइ राहत वितरण गरिदै,१० जना अझै बेपत्ता
darchula_badhi2.jpg

बैतडी- शुक्रबार रातिदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलामा ठुलो जनधनको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको र  ३ जना डिस्चार्ज भइसकेका भने १० जना अझै बेपत्ता रहेका छन् । महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताहरूको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक विष्टले बताए

Atrya hospital

। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र ९ वटामा आंशिक क्षति भएको छ ।  प्रहरीका अनुसार ४० घर जोखिममा छन् । बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update