Sagun Khabar
राष्ट्रपतिमाथि गालीगलौज गर्नेलाई कारवाही हुनुपर्ने अखिल नेपाल महिला संघ बैतडीको माग 


बैतडी–अखिल नेपाल महिला संघ बैतडीले राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध पूर्वाग्रहका आधारमा लाञ्छना लगाउने, अमार्यादित तथा अपमानजक शब्द प्रयोग भईरहेका प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । 

गृहमन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै संघले राष्ट्रपति माथि सामाजिक सञ्जाल मार्फत गालीगलौज गर्ने, अपमानित शब्द प्रयोग गर्नेलाई कारवाही गर्न माग गरिएको छ । अखिल नेपाल महिला संघ बैतडीका अध्यक्ष दुरा भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रपति माथि भईरहेका अमार्यादित टीकाटिप्पणी तथा गतिविधिलाई तत्काल रोक लगाई त्यसमा संलग्न भएकाहरुलाई कानुनी दायरमा ल्याउन सरकारलाई आग्रह गरेको हो ।

Atrya hospital

 यस्ता कार्यको अखिल नेपाल महिला संघका तर्फबाट खेद प्रकट गरिएको अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य सरस्वती नेपालीले जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update