काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
संसद् भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा एमाले नेता सुवासचन्द नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए । भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
यस्तै, लीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्दै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासित पनि भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।
ली पर्सि बिहीवार फर्किनु हुनेछ । उहाँको सुरक्षाका लागि भन्दै काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
#उज्यालो