काठमाण्डौं– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका केन्द्रिय सदस्य हरिश भट्टले जानकारी दिए ।
४४ वर्षिय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो । थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८ १७:२२
प्रतिक्रिया दिनुहोस्