सामाजिक सञ्जालमा चर्चा भएको बच्चा चोरी गर्ने गिरोह नरहेको भन्दै अफवाह नफैलाउन नेपाल प्रहरीले आग्रह गरेको छ ।
केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेपछि प्रहरीको साइबर ब्युरोले सूचना निकालेर अफवाह नफैलाउन आग्रह गरेको हो ।
सूचनामा सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक हुने भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न अनुरोध पनि गरेको छ ।
सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि धेरैतिर डर बढेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ १४:२३
प्रतिक्रिया दिनुहोस्