बैतडी दार्चुलाका बाढीपहिरो पीडितले अझै राहत पाएका छैनन् । गत शुक्रबार रातिको अविरल वर्षापछिको बाढीपहिरोले विस्थापित भएका बाढीपहिरो पीडितले सरकारी पक्षबाट कुनै सहयोग नपाएको गुनासो गरेका हुन । महाकाली नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का बाढीपहिरो पीडितले सरकारी सहयोग नपाएको बताएका हुन् ।
गत शुक्रबार रातिको अविरल वर्षापछिको बाढीपहिरोले महाकाली नगरपालिका वडा नम्बर ४ मा १७ परिवारको घर बगाएको थियो । तर सरकारी निकायबाट कुनै सहयोग नपाएको बाङ्गाबगरका पहिरो पीडितहरुले बताएका छन् । पीडितहरुले खान बस्न निकै समस्या भएकाले आफन्तहरु सगँ मागेर खानु परिरहेको बताएका छन्
अविरल वर्षाले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा भौतिक तथा मानवीय क्षति गरेको थियो । बाढीपहिरोमा महाकाली नगरपालिकामा ६२ तथा नौगाड गाउँपालिकामा २९ घरमा पूर्ण क्षति पुगेको थियो । यस्तै मानवीय क्षतितर्फ ५ जनाको मृत्यु, १० जना बेपत्ता र ८ जना घाइते भएका थिए ।