Sagun Khabar
परिवार नियोजनको अस्थायी साधन डिपोको अभाव 

बैतडी –देशभरी जस्तै बैतडीमा पनि परिवार नियोजनको अस्थायी साधन डिपोको अभाव भएको छ । महिलाहरुले प्रयोग गर्ने अस्थायी साधन डिपोको देशभरी नै अभाव रहेको र यसको असर जिल्लामा पनि परेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

तीन महिनाका लागि काम गर्ने डिपो सुईको जिल्लाभरी अभाव भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । डिपो सुईको अभाव भएसंगै अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्दै जाने बताइएको छ ।

Atrya hospital

‘अहिले महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपोको आपूर्ती बन्द भएको छ । यसले गर्दा जिल्लाका सबै स्वास्थ्य संस्थामा डिपो सुईको अभाव छ ।’स्वास्थ्य प्रमुख भट्टले भने, ‘माथिबाट नै आपूर्ती बन्द हुँदा स्थानीयस्तरमा पनि अभाव देखिएको हो ।’

कोरोना भाईरसका कारण धेरै नागरिक घरमा रहेकाले अनिच्छित गर्भधारणको समस्या बढ्दै जाने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

बैतडीमा १५ हजार ७९७ जना डिपो प्रयोग गर्ने महिलाहरु रहेका छन् । गएको दुई तीन महिना यता डिपो सुईको अभाव भएको खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिए । 

डिपो सुई प्रयोगकर्ताहरुलाई परिवार नियोजनका अन्य अस्थायी साधन प्रयोग गर्न सुझाव दिएको स्वासथ्य प्रमुख भट्टले बताए । तीन महिने डिपो सुईको सट्टा ५ बर्षे इम्पलान्ट, १२ बर्षे आइयुसिडी लगायतका अस्थायी साधन प्रयोग गर्न सकिने उनले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update