कञ्चनपुर –कञ्चनपुरमा तीन ओटा बेवारिसे शव फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ मा उखुबारीमा दुई जनाको र पुनर्वास नगरपालिका १० मा दोदा नदी नजिक एक जनाको एक शव फेला परेको प्रहरीले बताएको छ ।
तीन ओटै शवको पहिचान भने नखुलेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । शवहरु सडेको अवस्थामा रहेका प्रहरीले जनाएको छ । दोदा नदी किनारमा भेटिएको शव र उखुबारीमा भेटिएका दुई ओटा शवमध्ये एउटा शव महिलाको बताइएको छ ।
शवहरु सडेकाले सजिलै पहिचान गर्न सकिने अवस्था नभएपनि लुगा र चुराबाट दुई ओटा शव महिलाका हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवबस्तीका प्रहरी निरीक्षक नरेश मल्लले बताए ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ ०९:०८
प्रतिक्रिया दिनुहोस्