Sagun Khabar
संविधान दिवसको अवसरमा दार्चुलाका ११ कैदीलाई आममाफी 
Atrya hospital

दार्चुला –संविधान दिवसका अवसरमा दार्चुलाका ११ कैदीलाई आममाफी मिलेको छ । ११ जनामध्ये चार जना नकबजनी चोरी, दुई जना सवारी ज्यान र पाँच जना कर्तव्य ज्यान मुद्धामा आधाभन्दा बढी कैद भुक्तान गरिसकेका रहेका छन् । आधाभन्दा बढी कैद भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीहरुलाई आममाफी दिइएको दार्चुला कारागारका जेलर रामराज पन्तले जानकारी दिए । 

दार्चुला कारागारमा ५८ कैदी र १२ थुनुवा गरी ७० जना कैदीबन्दी रहेका थिए । ११ जना रिहा भएसंगै अब ५९ जना कैदीबन्दी बाँकी रहेको जेलर पन्तले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update