Sagun Khabar
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान
Atrya hospital

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश सभाको बजेट अधिवेशन शुक्रबार बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । 

यस्तै, बैठकले डोटीमा आगलागीबाट घाइते आमाछोरीको उपचारका लागि २ लाख रुपैयाँ दिने, महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको सरकार प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

साथै बैठकले नवनियुक्त मन्त्री जोशीलाई प्रदेश सरकारको प्रवक्तामा नियुक्ति गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update