Sagun Khabar
२४ घण्टामा नेपालमा सात हजार दुई सय १९ जनाले कोरोना जिते, पाँच हजार तीन सय १६ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए । 

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार आठ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा चार हजार पाँच सय २४ जना र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

Atrya hospital

पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव सात प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा तथा यसअघिका विवरणसहित गरी एक सय एक जनाको ज्यान कोरोना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक लाख एक हजार नौ सय ९३ सक्रिय सङ्क्रमित छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update