Sagun Khabar
दार्चुलाको अपिहिमालमा कटेलीगाड थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 
फाइल फोटो
Atrya hospital

दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को मरफुल र कोर्थि बस्तीको बिचमा पर्ने कटेलिगाडमा पानी थुनिएको छ । कटेलिगाडको मुहान खुम्फुलमा वर्षाका कारण पहिरो गइ कटेलिगाडको पानी थुनिएर बाँध बनेको छ । खुम्फुल देखि घुइस्याडीसम्म पानी जम्मा भइ ताल बाँधिएकोले जुनसुकै बेला पनि ताल फुट्न सक्ने हुँदा पूर्व सतर्कता अपनाउन अपिहिमाल गाउँपालिकाले स्थानीयहरुलाई आग्रह गरेको छ । 

अपिहिमालको वडा नम्बर ३ का मरफुल, कटेलिगाड बजार, बिसौँना चौर, खौला, राताभिटा, थुम्ति, सम्भाड, खिर्सा, , झुस्कु, चौँड, बिडि, भट्टाड र छबिस बस्तीका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण सिंह धामीले जानकारी दिए । बाँध जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । 

उक्त बाँध फुटेमा दार्चुलाको अपिहिमाल, मार्मा, शैल्यशिखर र बैतडीको डिलाशैनीका चमेलिया नदी तटीय क्षेत्रका नागरिकलाई समस्या हुन सक्ने बताइएको छ । 
Katleigad1663833262.jpg

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update