Sagun Khabar
बैतडीमा भर्चुअल माध्यमबाट वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता

बैतडी –बैतडीको दोगडाकेदारमा भर्चुअल माध्यमबाट वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा पुष्पाञ्जली सामुदायिक विकास तथा उत्थान समाजले बुधबार प्रतियोगिता सञ्चालन गरेको हो । 

कोभीड १९ ले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव बिषयक वक्तृत्वकलामा प्रतियोगितामा प्रकाश पार्की प्रथम, मनोज बिष्ट द्वितीय, तारा बिष्ट र पुष्पा बिष्ट तृतीय भएका छन् । यस्तै हाजिरीजवाफ प्रतियोगितामा जगदीश बिष्ट प्रथम, पुष्पा बिष्ट द्वितीय र सागर बिष्ट तृतीय भएका छन् । 

Atrya hospital

वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार ५ सय र २ हजार ५ सय नगद सहित प्रमाण प्रदान गरिने संस्थाका प्रमुख गणेश पार्कीले बताए । 

यस्तै हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सय नगद प्रमाणपत्र प्रदान गरिने पार्कीले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update