Sagun Khabar
पीपीएल क्रिकेटमा शनिबार तीन खेल सम्पन्न 

बैतडी –बैतडीको पाटनमा जारी दोश्रो पाटन प्रिमियर लिगमा आज पनि तीन खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा भुमेश्वर क्रिकेट क्लबलाई पाटन स्टार क्रिकेट क्लबले हराएको थियो । टस जितेर ब्याटिङ गरेको पाटन स्टारले ब्याटिङ रोजेको थियो । निर्धारित १२ ओभरको खेलमा ५ विकेट गुमाएर १२७ रन बनाएको थियो । पाटन स्टारका दिपक भण्डारी र बिष्णु बिष्टले समान २१ रन बनाए । भुमेश्वरका लक्ष्मण महराले २ विकेट लिएका थिए । १२८ रनको बिजयी लक्षका साथ मैदान उत्रेको भुमेश्वरले १० ओभरमा अलआउट हुदै ७६रन मात्रै बनाउन सक्यो । भुमेश्वरका करन बिष्टले २९ रन बनाए ।  २१ रन बनाएर २ विकेट लिएका पाटन स्टारका बिष्णु बिष्ट म्यान अफ द म्यच चुनिएको स्कोरर प्रकाश सिंह बुडालले जानकारी दिए । 

आजकै दोश्रो खेलमा धारिलोले जारी प्रतियोगिताको पहिलो जित निकालेको छ । गडी क्रिकेट क्लबलाई धारीलोले हराएको हो । टस जितेर ब्याटिङ गरेको धारिलोले निर्धारित १२ ओभरमा ६विकेट गुमाएर १४० रन बनाएको थियो । धारिलोका समिर भण्डारीले ४९, हरिश केसीका ४३ रन बनाए । गडीका रोहित चन्दले २ विकेट लिए । १४१ रनको बिजयी लक्ष पछ्याएको गडीले १२ ओभरमा ८ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । गडीका बिरेन्द्र बिष्टले २५ र राम भण्डारीले २२ रन बनाउन बाहेक अन्यले राम्रो पर्दशन गर्न सकेनन् । धारिलोका हरिश केसीले २ विकेट लिए । धारिलोका हरिश केसी(हण्टर) म्यान अफ द म्याच चुनिएको स्कोरर दिपक बिष्टले बताए । केसी(हण्टर)ले  आफ्नो टिमका लागि ४३ रन बनाएका थिए भने २विकेट पनि लिएका थिए । 

Atrya hospital

आज भएको तेश्रो  तथा अन्तिम खेलमा पाटन पल्टन विजयी भएको छ । पल्टनले जाडीकोट क्रिकेट क्लबलाई फराकीलो अन्तरले हराएको हो । 

टस जितेर ब्याटिङ गरेको पल्टनले निर्धारित १२ ओभरमा ६विकेट गुमाएर २०३ रन बनाएको थियो । आयोजकका सन्नी बिष्टले अर्धसतकिय पारी खेलेका थिए । उनले १८ बलमा ५४ रन बनाएका थिए । जनक बिष्टले ३९ रन बनाएका थिए । जाडिकोटका ज्ञानु चन्दले  ३ विकेट लिए ।

२०४ रनको विजयी लक्ष पछ्याएको जाडिकोटले ८.३ ओभरमा अलआउट हुदै ४४ रन मात्रै बनाउन सक्यो । जाडीकोटका महेश भट्टराईले ११ रन बनाउन बाहेक अन्यले दोहोर अंक छुन सकेनन् । पल्टनका जनक बिष्टले जारी प्रतियोगिताको पहिलो ह्याट्रीक समेत लिएका हुन् । ३९ रन सहित आफ्नो टिमका लागि ह्याट्रिक ३ विकेट लिएका जनक बिष्ट म्यान अफ द म्याच चुनिएको स्कोरर एवं आयोजक पाटन क्रिकेट क्लबका कोषाध्यक्ष किरन चन्दले बताए । 

यहि असोज ३ गते देखि पाटनको कृष्ण माविको खेलमैदानमा जारी पाटन क्रिकेट क्लबको आयोजनामा पीपीएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ नगत सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  दितिय पुरस्कार ५५ हजार ५ सय ५५ नगत ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने  एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कार स्वरुप ११ हजार १११ रुपैया नगतसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । 

वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई दब्याट्सम्यान जनही ५ हजार ५५५ नगतसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयासहित ट्रफी प्रदान गरिने छ ।
 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update