Sagun Khabar
दसैंका लागि दार्चुलाको तिंकर र छाङरुमा हेलिकोप्टर मार्फत चामल पठाइने 
फाइल फोटो
Atrya hospital

दार्चुला –दसैंका लागि दार्चुलामा हेलिकोप्टरमार्फत ४ सय क्वीन्टल चामलसहित खाद्यान्न ढुवानी गरिने भएको छ । जिल्लाको तिंकरमा १६० र छाङरुमा २४० क्वीन्टल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बोलपत्र आह्वान गरेको छ ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको तिंकर र छाङरुसम्म हेलिकोप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ ।  स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले  १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update