Sagun Khabar
दश बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन 

काठमाण्डौं –सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडेका छन् ।  सरकारी पक्षसँगको १० बुँदे सहमतिपछि  डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले  त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् । 

Atrya hospital

डा. केसीले गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं  आमरण अनसन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । 

सेती अस्पतालले उनको स्वास्थ्य समस्या बढ्दै गएको बताएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update