Sagun Khabar
बैतडीको गुरुखोला स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण 
Atrya hospital

बैतडी –ह्युमिनीटी फाउण्डेसन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री बैतडीको गुरुखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ । निर्माण व्यवसायी प्रयागराज भट्टको पहल र दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टको समन्वयमा फाउण्डेसनले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । 

फाउण्डेसनले उपलब्ध गराएको ५ थान बेड र २ हजार मास्क गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष भट्टले बताए । उनले भने ‘महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज होस भनेर हामीले फाउण्डेसन मार्फत स्वास्थ्य सामग्री उपलब्ध गराएका छौं । स्वास्थ्य सामग्री प्राप्त भएपछि स्वास्थ्य सेवा प्रदानमा सहजता आउने हाम्रो विश्वास छ ।’ 

गुरुखोला स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री प्राप्त भएको र यसले कोभीडको समयमा स्वास्थ्य सेवा प्रदानमा सजिलो हुने गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टले बताए । उनले भने ‘स्वास्थ्य संस्थामा विभिन्न सामग्री अभाव भईरहेका बेला प्राप्त भएका सामग्रीले स्वास्थ्य सेवा प्रदानमा केही सहजता हुनेछ ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update