Sagun Khabar
करेन्ट लागेर दाजु–भाइको ज्यान गयाे

करेन्ट लागेर दाजु–भाइको ज्यान गएको छ भने आमा–छोरा घाइते भएका छन् ।  

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर धनुषाको  जनकपुरधाम उपमहानगरपालिका २३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वरको ज्यान गएको हो ।

Atrya hospital

करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामकाे प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए   । 

करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामकाे प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update