Sagun Khabar
दशरथचन्द स्मृति प्रतिष्ठानद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण 

बैतडी –बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । 

बिहीबार जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीलाई प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । 

Atrya hospital

प्रतिष्ठानले ५ ओटा कन्सन्ट्रेटर खरीद गरेको र ती मध्ये दुई थान जिल्ला अस्पताललाई दिइएको छ भने पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकालाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिने चन्दले जानकारी दिए । 

१० लिटरका अक्सिजन कन्सन्ट्रेटरमा प्रतिथान १ लाख २० हजार रुपैया लागत रहेको उनले बताए । यसअघि प्रतिष्ठानले अस्पताललाई ४० लिटरका ६ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसकेको छ ।

यस्तै खाली सिलिण्डरहरु पनि भरिदिने काम प्रतिष्ठानले गरिरहेको अध्यक्ष चन्दले बताए । 

अक्सिजन सहयोग अभियान अन्तर्गत अहिले सम्म ९ लाख ९० हजार रकम संकलन भएको अभियानका सदस्य महेशदत्त भट्टले बताए । उनले भने ‘हामीले जिल्लामा अक्सिजन अभाव भएको बेला यो अभियान सञ्चालन गरेका हौं । अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तित्वबाट सहयोग भएको छ ।’

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update