Sagun Khabar
सुदूरपश्चिममा बिहीबार १३ सय २८ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बिहीबार १३ सय बढीले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १ हजार ३२८ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ४ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांक छ । कैलालीका २, बझाङ र कञ्चनपुरमा १÷१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा कोरोना पुष्टि भएको छ । २ हजार ३३३ जनाको नमूना परीक्षण गर्दा थप ३२८ जनामा संक्रमण पुष्टि भएको हो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update