Sagun Khabar
दार्चुलामा करेन्ट लागेर  एक जना घाइते
Atrya hospital

दार्चुला- दार्चुलामा करेन्ट लागेर  एक जना घाइते भएका छन् । जिल्लाको  महाकाली नगरपलिका  वडा नं १ लास्कुका राजेश चुनारा  मंगलबार  बिहान करेन्ट  लागेर  घाइते भएका हुन् ।

 बिहान लुगा सुकाउन घरको  छतमा गएका १९ वर्षिय चुनारा करेन्ट लागेर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय  दार्चुलाले जनाएको  छ । बिजुलिको नाँगो तारबाट करेन्ट लागेर  घाइते चुनाराको  अहिले  जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको  छ । 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update