Sagun Khabar
बैतडीमा शुक्रबार ८७ जनाले कोरोना जिते 

बैतडी – बैतडीमा पछिल्लो २४ घण्टामा ८७ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ८७ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । पञ्चेश्वर गाउँपालिकाका ५, सिगास गाउँपालिकाका २, पुर्चौंडी नगरपालिका र दशरथचन्द नगरपालिकाका थप एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २९० रहेको छ ।

Atrya hospital

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ८२ जना, पाटन नगरपालिकामा ५६ जना, सुर्नया गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २६ जना र पञ्चेश्वर गाउँपालिकामा २३ जना रहेका छन् ।

यस्तै सिगास गाउँपालिकामा २२ जना, मेलौली नगरपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा ६ जना र दोगडाकेदार गाउँपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update