Sagun Khabar
अरिंगालको टोकाइबाट दार्चुलामा एक बालकको मृत्यु 
Atrya hospital

दार्चुला –दार्चुलामा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका ६ ग्वानीमा अरिंगालले चिल्दा स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले टोकेको थियो । 

अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै रातिको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update