Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार १३ सय ८९ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार १३ सय बढीले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १ हजार ३८९ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण प्रदेशभरी ८ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा ३, कैलालीमा २, डडेल्धुरामा २ र बझाङमा एकजनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ६६२ नमूना परीक्षण गर्दा थप ३६६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update