सर्लाही- सर्लाहीको बागमती नगरपालिकामा सहकारीका एक कर्मचारीमाथि गोली प्रहार भएकाे छ ।
सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।
लबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष कार्कीमाथि मिलनचोकमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको थियो ।
उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको बताइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको जानकारी दिए।
निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएका थिए ।