Sagun Khabar
बझाङ जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो (अपडेट)

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो । 

सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।  अहिले सम्म ६ जनाको शव भेटिएको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए । 

Atrya hospital

घाइतेहरुलाई अस्पताल पठाइरहेको र विस्तृत विवरण आउन केही समय लाग्ने उनले बताए । मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन ।

दुर्घटनामा परेको जिप  टुक्राटुक्रा भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । अहिले पनि प्रहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन् । उक्त जिप जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै थियो ।  जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update