Sagun Khabar
बैतडीमा निषेधाज्ञा पालनामा लापरवाही

बैतडी –बैतडीमा निषेधाज्ञा पालनामा लापरवाही गरिएको पाइएको छ । विकास निर्माणका कामहरु गर्दा स्वास्थ्यका मापदण्ड अपनाएर गर्नुपर्ने भनिएपनि विभिन्न ठाउँमा स्वास्थ्यका मापदण्ड लत्याएको पाइएको हो । 

सुर्नया गाउँपालिका वडा नं २ को ग्वानीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो निर्माणको काम भईरहेको र सो ठाउँमा स्वास्थ्यका मापदण्ड नअपनाएरै काम भईरहेको स्थानीय विनोद बिष्टले जानकारी दिए । 

Atrya hospital

योजनाको बारेमा समेत आफूहरुलाई कुनै जानकारी नदिएको र जानकारी माग्न खोज्दा काम गर्नोस भन्ने गरेको उनले बताए । योजनामा काम गर्नेहरुले कुनै प्रकारको स्वास्थ्य सावधानी नअपनाएको बिष्टले बताए । 

एकै गाउँ र टोलका मानिस मिलेर काम गरिरहेकाले संगसंगै काम गरेको देखिएको हुन सक्ने स्थानीय मोहनबहादुर बिष्टले बताए । जिल्लामा कोरोना भाईरसको रोकथामका लागि निषेधाज्ञा जारी रहेको भएपनि विभिन्न ठाउँमा निषेधाज्ञा उल्लंघनका घटनाहरु भईरहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update