Sagun Khabar
बझाङ जिप दुर्घटना : घाइतेको उपचारका लागि तलकोट गाउँपालिकाले २ लाख दिने  
Atrya hospital

बझाङ –बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई  लाख रुपैयाँ उपलब्ध गराउने बताए । 

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update