Sagun Khabar
लगानी बोर्डले भारतीय कम्पनी एनएचपीसीलाई पश्चिम सेतीको लाइसेन्स दियो 

काठमाडौंँ – भारतीय कम्पनीले पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।  लगानी बोर्ड नेपालले बिहीबार भारतीय सरकारी कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) लाई ७५० मेगावाटको पश्चिम सेतीका लागि लाइसेन्स दिएको हो । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायव महाप्रवन्धक अशोक कुमार जोशीलाई अनुमति पत्र हस्तान्तरण गरेका हुन् ।

Atrya hospital

लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपिसीले आयोजनाबाट आर्थिक लाभ भए नभएको, आयोजना निर्माण गर्दा लाग्ने लागत, वातावरणीय प्रभाव मूल्यांकन, आयोजनामा अधिकतम विद्युत् उत्पादन हुन सक्ने सम्भावना लगायतका विभिन्न विषयमा २ वर्ष लगाएर अध्ययन गर्नेछ । एनएचपीसीले गत असोज ११ गते अनुमतिपत्रका लागि आवेदन दिएको थियो । 

गत जेठ २३ गते बसेको लगानी बोर्डको ५१ औं बैठकले पश्चिम सेती निर्माणको जिम्मा एनएचपीसीलाई दिने निर्णय गरेको थियो भने गत जेठ २ गते एनएचपीसी र लगानी बोर्डबीच सर्वेक्षण अनुमति पत्र जारी गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update