Sagun Khabar
जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन शुरु 
Atrya hospital

बैतडी –जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो । 

उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । आइतबारबाट नियमित अक्सिजन उत्पादन हुने उनले बताए । 

केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि पनि सञ्चालनमा आउने अस्पतालले जनाएको छ ।
 प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो । जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला भएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १३:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update