बैतडी-अर्शिवाद बेकरी एण्ड क्याफेको आयोजनामा बैतडीको देहिमाण्डौँमा सञ्चालित एबीसी टि १० क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । आज सम्पन्न क्रिकेट प्रतियोगितामा आयोजक डिजे वारियर्सले निङ्गगलाशैनी राइजर्सलाई १८ रनले पाराजित गर्दै उपाधि जितेको अर्शिवाद बेकरी एण्ड क्याफेका सञ्चालक एवं आयोजक गोलडेन बोहराले जानकारी दिए ।
आज भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजक डिजे वारियर्सले १० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएको थियो । उसका लागि यज्ञ राज बोहराले ५७ रन र भुवन बोहरा (लाला) ले ४८ रन बनाए । यस्तै निङ्गगलाशैनी राइजर्शका समिर बोहराले २ विकेट लिए । १३६ रनको विजी लक्ष्यका साथ ब्याटिङ उत्रिएको निङ्गगलाशैनी राइर्जसले पुरै १० ओभरमा ११८ रन मात्रै बनाउन सक्यो ।
उसका लागि दिपक बोहराले ४८ रन बनाए पनि जित दिलाउन सकेन्न् । डिजे वारियर्सका ब्रिकम पण्डेले ३ विकेट लिए । यस्तै क्रिकेट प्रतियोगितामा बेष्ट ब्याट्सम्यान पञ्चकोटी बी का सुमित बुडाल, बेष्ट बलर फुर्के टिम बी का योगेश भण्डारी र प्लेयर अफ दी सिरिज आयोजकका भुवन बोहरा (लाला) भएका हुन् ।
उपाधी संगै डिजे वारियर्सले २५ हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको निङ्गगलाशैनी राइर्जसले नगद १० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । शुभ दिपावलीको अवसरमा कार्तीक १ गते देखि निङ्गगलाशैनी खेलमैदान देहिमाण्डौँमा सुरु भएको क्रिकेट प्रतियोगितामा २५ टिमको सहभागिता रहेको थियो ।