Sagun Khabar
बैतडीमा रामेश्वर धामको दानपेटिका फोडेर पैसा चोरी 
सांकेतिक तस्बिर
Atrya hospital

बैतडी –बैतडीको एक मन्दिरमा चोरी भएको छ । पाटन नगरपालिका ६ स्थित रामेश्वर धाममा राखिएको दानपेटिकाको पैसा शुक्रबार राती चोरी भएको हो ।

दानपेटिका फुटाएर चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

दानपेटिका फुटाएर चोरी गरेको खबर पाएपछि प्रहरी सो मन्दिरमा पुगेको थियो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update