Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ देखि सञ्चालन हुने
Atrya hospital

बैतडी –सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ गतेदेखि सञ्चालन हुने भएका छन् ।

दोस्रो लहरको कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएका परीक्षा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले वैकल्पिक विधिबाट गर्ने निर्णय गरेको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडीका प्रमुख पृथ्वीराज अवस्थीले बताए  ।

विश्वविद्यालयका अनुसार स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुनेछन् । त्यस्तै स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीका अघिल्लो सेमेस्टरका कक्षाहरू जेठ २५ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गरिने छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update