Sagun Khabar
बैतडीमा थप २१ जनामा कोरोना पुष्टि, १६ जनाले कोरोना जिते 

बैतडी – बैतडीमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि भएको छ । डिलाशैनी गाउँपालिकाका १४, दशरथचन्द नगरपालिकाका ४, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाका थप एक ÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १६ जनाले कोरोना जितेका छन् । जिल्लाभरी अहिले २९५ जना सक्रिय संक्रमित रहेका छन् ।

Atrya hospital

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ७८ जना, पाटन नगरपालिकामा ५५, सिगास गाउँपालिकामा ५५, डिलाशैनी गाउँपालिकामा ४० र सुर्नया गाउँपालिकामा २८ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा २३ जना, मेलौली नगरपालिकामा २१ जना, शिवनाथ गाउँपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा ७ जना र दोगडाकेदार गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा अन्य ठाउँका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update