Sagun Khabar
दार्चुलाबाट एक गर्भवती महिलाको हवाई उद्धार 
फाइल फोटो
Atrya hospital

दार्चुला –दार्चुलाबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । सुत्केरी व्याथा लागेर खण्डेश्वरी स्वास्थ्यचौकीमा आएकी अपिहिमाल गाउँपालिका ३ थुम्तीकी निर्मला धामी बोहराको हवाई उद्धार गरिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए । 

स्वास्थ्यचौकीमा भर्ना भएको २४ घण्टामा सम्म समेत बच्चा जन्माउन नसकेपछि उनलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको अध्यक्ष बोहराले बताए । ती महिलाको अप्रेशन गर्नुपर्ने अवस्था सिर्जना भएपछि हवाई उद्धार गरिएको हो । 

उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी, प्रमुख जिल्ला अधिकारी लगायतको समन्वयमा हवाई उद्धार गरिएको अध्यक्ष बोहराले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती महिलाको हवाई उद्धार गरिएको हो । दुर्गम क्षेत्रका महिलाहरुलाई हवाई उद्धार कार्यक्रम प्रभावकारी भएको अध्यक्ष बोहराले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update