Sagun Khabar
रेडक्रसद्वारा सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य सामग्री वितरण 
Atrya hospital

बैतडी –नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोभिड–१९ को प्रतिकार्यका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ । 

चाइना रेडक्रस फाउण्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशले ९ वटै जिल्लामा विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपमहासचिव तेजप्रकाश भट्टले जानकारी दिए । 

उनका अनुसार ९ वटा जिल्लामा आवश्यकता र प्राथमिकता हेरेर स्वास्थ्य सामग्री वितरण  गरिएको छ । प्रदेशमा जम्मा ३ सय सेट व्यक्तिगत सुरक्षा सामग्री(पीपीई), १३ वटा अक्सिजन कन्सन्टेट्रर, ४ लाख थान मेडीकल मास्क, १० हजार थान एन ९५ मास्क, र १०० थान डेडबडी कभर वितरण गरिएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update